


काठमाडाै, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्वता जनाएका छन्। सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न चुवाखोला बेलिवृज पुलको उद्घाटन गर्न खार्पुनाथको खार्पुदोभानमा पुगेका प्रधानमन्त्री ओलीले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना भएको बताए।
हुम्लाको अर्थ सुधार गर्नका लागि छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्नका लागि ठूलो क्वारेन्टाइन स्थापना तत्काल गर्ने बताए। पुल उद्घाटनपछि क्वारेन्टाइन स्थापना हुने उनको भनाइ थियो ।
यस्तै रास्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि खुसी व्यक्त गर्नुका साथै नेपाली सेनाको प्रसंसा समेत गरेका थिए । सिमकोट सडकसँग जोड्नका लागि आफुलाई नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले हुम्लाका राजनितीक दलहरुको संयुक्त ज्ञापन पत्र र ज्ञावली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पुर्याएपछि नेपाली सेनाले सहजै स्वीकार गरि अहिले जोड्न सफल भएको बताए।
हुम्लालाई सडक सञ्जालसँग जोड्न नेपाली सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान गर्न सुरु गरेको थियो । उक्त बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमा आज काठमाडौँबाट सुर्खेत हुँदै खार्पुनाथ पुगेका हुन् ।
प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा (एमाले) का उपमहासिचव प्रदीप ज्ञवाली, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत हुम्ला पुगेका थिए ।