खाद्य डिभिजनद्वारा निरन्तर बजार अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खाद्य डिभिजनद्वारा निरन्तर बजार अनुगमन

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८२, सोमबार

    दमाैली, २३ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बजार अनुगमनलाई निरन्तर सञ्चालन गरेकाे छ । चाडपर्वमा मात्रै सरकारी कार्यालयले बजार अनुगमन गर्ने गरेकाे आराेप लाग्ने गरेकामा कार्यालयले भने निरन्तर रुपमा बजार अनुगमन कार्य जारी राखेकाे छ ।

    कार्यालयले साेमबार तनहुँकाे भानु नगरपालिका, लमजुङकाे सुन्दरबजार तथा वेँशीसहरमा बजार अनुगमन गरेकाे छ । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय लमजुङ तथा पर्यटन तथा उद्योग कार्यालयबाट सहभागिता रहेकाे डिभिजन प्रमुख ज्याेति आचार्यले जानकारी दिए ।

    उपभाेक्ताले स्वच्छ र स्वस्थ खाद्यान्न उपभाेग गर्न पाउने हक सुनिश्चित गर्नका लागि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेकाे आचार्यकाे भनाइ छ ।

    May be an image of 3 people