दमौली, २४ असार । नुवाकोटको विदुर नगरपालिका-१ त्रिशुली नदीमा बाढी आउँदा साढे दुई घण्टादेखि रुखमा बसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
दाउरा लिन नदीमा पुगेका उनीहरु एक्कासी बाढी आएपछि रुखमा चढेका थिए । चारैतिरबाट पानीले घेरेपछि उनीहरु त्यहॉबाट निस्कन सकेका थिएनन् । काठमाडौबाट आएको सेनाको हेलिकप्टरले उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको छ ।