बालेनले बाेलाए कार्यपालिका बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेनले बाेलाए कार्यपालिका बैठक

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८२, बिहीबार

    काठमाडाै, २६ असार । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक भोलि बस्ने भएको छ।  महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाउने टुंगो भएको वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए। 

    ‘भोलि दुई बजे कार्यपालिका बस्ने भएको छ,’ उनले भने। स्रोतका अनुसार भोलि कार्यपालिका बस्नको लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ।

    ‘कार्यपालिका बैठक राख्नको लागि कार्यकारीलाई छुट्टीमा बस्न लगाइएको छ,’ स्रोतले भन्यो, ‘मेयरले नै कार्यकारीसँग बैठक नबस्ने भनेपछि बजेट ल्याउन कार्यकारीलाई छुट्टीमा बस्न लागाएका छौं। उहाँले स्वीकार गर्नुभएको छ।’

    स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ।

    महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ। तर मेयर शाहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन‍्। ६ महिनापछि भोलि बस्ने भएको हो।