तनहुँमा ६९ जनामा डेङ्गु सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ६९ जनामा डेङ्गु सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८२, आईतवार

    दमाैली, २९ असार । बढ्दो गर्मीसँगै तनहुँमा डेङ्गु सङ्क्रमित देखिन थालेका छन् । वैशाख महिनादेखि आजसम्म जिल्लामा ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    यस्तै पछिल्लो सात दिनभित्र जिल्लाका छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सात वटा स्थानीय तह र २२ वटा वडामा सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकारी सुदीप कंडेलले जानकारी दिए । उनका अनुसार वैशाखमा १७, जेठमा २५ र असारमा २७ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।

    शुक्लागण्डकी नगरपालिकामा ३३, बन्दीपुर गाउँपालिकामा १६, आँबुखैरेनी गाउँपालिकामा छ, म्याग्दे गाउँपालिकामा छ, व्यास नगरपालिकामा तीन, भिमाद नगरपालिकामा दुई, भानु नगरपालिकामा दुईमा जनामा सङ्क्रमण भएको छ । ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने डेङ्गु सङ्क्रमित छैनन् ।

    May be an image of text