


दमाैली, २९ असार । व्यास नगरपालिका–१२ स्थित भानु घाँसी पार्कलाई सांस्कृतिक केन्द्रको रुपमा विकास गरिने भएको छ । दुई सय १२ औं भानु जयन्तीको अवसरमा आइतबार भानु घाँसी स्मारक संरक्षण पार्कले यहाँ आयोजना गरेको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले यस ठाउँलाई सांस्कृतिक केन्द्रको रुपमा विकास गरिने बताए।
नगरप्रमुख न्यौपानेले पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँलाई सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्न खोजिएको बताए । नेपाली भाषाको एकीकरणमा भानुभक्त आचार्यले पु¥याएको योगदान सधैं चीरस्थायी रहने बताउँदै नगरप्रमुख न्यौपानेले भानु घाँसी पार्कको संरक्षण र प्रबद्र्धनमा नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गरे।
व्यास नगरपालिकाका पूर्व नगरप्रमुख एवं पार्कका संस्थापक अध्यक्ष ताराप्रसाद श्रेष्ठले स्थापनाकालमा नगरपालिकाका कर्मचारी, स्थानीयवासी, सङ्घसंस्थाको सहयोगमा पार्क निर्माण सम्भव भएको स्मरण गर्दै यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
व्यास नगरपालिका–१२ का वडाध्यक्ष बमबहादुर थापाले भानु घाँसी पार्क पुनर्निर्माणका लागि डिपिआर तयार भइसकेको बताए।
पार्कका अध्यक्ष अमृत पन्थले मुग्लिन पोखरा सडक विस्तारका क्रममा पार्कको अस्तित्व मेटिएकाले मुग्लिन पोखरा सडक (पूर्वी खण्ड) कै आर्थिक सहयोगमा पार्क पुनर्निर्माण गर्न लागिएको जानकारी दिए ।
त्यसक्रममा साहित्यकारहरु गौकुमारी न्यौपाने, अर्जुन अधिकारी, रमा वाग्ले, रमेश आचार्य, समुन्द्र गोदारले भानुभक्त सम्बन्धी रचनावान गरेका थिए ।