अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८२, मंगलवार

    काठमाडौँ,३१ असार । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

    दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरूको नेपालको ठेगाना खुलेको छैन ।

    लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार १३ जुलाईको राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

    भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे लुइजियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।