


काठमाडौँ, ३१ असार। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ भोलि (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस पक्ररणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले आजमात्रै न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । मन्त्री न्यौपानको शपथ भोलि दिउँसो तय भएको बालुवाटार स्रोतले जनाएको छ ।
घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएसँगै प्रधानमन्त्री केपी ओलीले न्यौपानेलाई मन्त्रीको जिम्मेवारी दिएका हुन् ।