दमौली, ३२ असार । आँबुखैरेनी गाउँपालिका-४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडक-खण्डमा लागुऔषध सहित एक जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ती पश्चिम) सरावल-६ बस्ने ३१ वर्षीय सन्दीप केवट रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ ।
प्रहरी टोलीले सवारी साधनहरु तथा पैदल यात्रीहरुलाई जॉच गर्ने क्रममा केवटले कालो रंगको पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा डाइजेपाम एक सय थान, फेनरागन एक सय थान र बुफ्रिन एक सय थान बरामद गरेको छ।