जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८२, बुधबार

    पाेखरा, ३२ असार । माछापुच्छ्रे गाउँपालिका-७ फेदी बस्ने ४१ वर्षीय बिनोद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद मसेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।