


काठमाडाै, ३२ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ ।
राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३ बजे हुने जानकारी दिएको थियो । त्यो समयमा तीन घण्टा पर सारिएको हो ।
न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासन मन्त्री नियुक्त गरेका थिए ।