विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८२, शुक्रबार

    काठमाडौ, २ साउन । नेकपा (एमाले) को सचिवालय बैठकले दसौं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ।

    बिहीबार अबेर रातिसम्म चलेको बैठकले दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत नगर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। यो सँगै एमालेको सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी हुन्। उनीसँगै मनोनीत भएका केन्द्रीय सदस्य पनि प्रतिनिधि बन्नबाट रोकिने भएका छन्। स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने लगायत पनि प्रतिनिधि बन्न पाउने छैनन्। केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू आयोजकको हैसियतले मात्रै सहभागी हुने ज्ञवालीले बताए।

    त्यस्तै सचिवालय बैठकले पदाधिकारी संख्या १५ रहने निर्णय गरेको उनले बताए। केन्द्रीय कमिटीको आकार भने २५१ सदस्यीय हुनेछ।

    उपाध्यक्ष विष्ण पौडेलले प्रस्ताव गरेको विधान संशोधनमा ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी थियो। सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो।

    एमालेको केन्द्रीय कमिटीमा तीन तहको संरचना रहनेछ।