नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८२, शुक्रबार

    काठमाडौ, २ साउन । पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि एलिना चौहानले त्यसलाई काउन्टर दिएकी छन् ।

    उनले सन् २०२४ जुन ९ बहिना ८ बजे खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । त्यसबेला विष्णु र एलिनाको विवाह बन्धनमै थिए । सार्वजनिक तस्बिरमा उनको अनुहारभर चोटपकटपछिको नीलडाम देखिन्छ ।

    ‘विष्णुले घरेलु हिंसा गरेका कारण सम्बन्धबिच्छेद गर्नुपर्ने अवस्था’ आएको एलिनाले बताउँदै आएकी छन् । यो तस्बिर सार्वजनिक गरेर उनले आफू घरेलु हिंसामा परेको सत्य भएको पुष्टि गर्न खोजेकी छन् ।

    विष्णुले शुक्रबार फेसबुकमार्फत् एलिनालक्षित प्रेस नोट जारी गरेका थिए । सामाजिक सञ्जालमार्फत् आफूमाथि नकारात्मक टिप्पणी र भ्रम फैल्याउनेविरुद्ध अस्ट्रेलियामा कानुनी उपचार सुरु गरेको विष्णुको उक्त प्रेस नोटमा उल्लेख छ ।

    नेपालमा पनि अब कानुनी उपचार सुरु गर्ने उनले बताएका छन् । तर, कोविरुद्ध कानुनी प्रक्रिया थालिएको र थाल्न बाँकी रहेको उनले खुलाएका छैनन । एलिनाले लगाएका सबै आरोप झूटा रहेका विष्णुको आशय छ ।

    विष्णुको धारणा आएको केही घण्टाभित्रै एलिनाले लामो क्याप्सनसहित तस्बिर सार्वजनिक गरेकी छन् । क्याप्सनमा उनले आफूले विगतमा भोगेका समस्या मात्रै सेयर गरेको दाबी गरेकी छन् ।

    सापकोटाले सम्बन्धविच्छेदपछि पहिलोपटक सार्वजनिक रूपमा मौनता तोडेको केही बेरमै शुक्रबार एलिनाले आफ्नो अनुहारमा चोट लागेको फोटो सार्वजनिक गर्दै भावुक र आक्रोशपूर्ण जवाफ दिएकी हुन्।

    उक्त क्याप्सनमा आफूमाथि आइपर्ने कानुनी प्रक्रिया सामान गर्ने एलिनाको आशय छ । उनले लेखेकी छन्, ‘यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो-त्यस मानसिकतासँग जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।’

    उनको यो लाइन विष्णु लक्षित छ । आफूले भोगेको हिंसा सेयर गर्दा कानुनी प्रक्रिया सुरू गर्ने विष्णुको चेतावनीलाई उनले जवाफ दिएकी हुन् ।

    उनले अगाडि लेखेकी छन्, ‘तर अब म चुप लाग्दिनँ। अब यो केवल मेरो न्यायको लडाइँ होइन । यो हरेक नेपाली चेलीको आवाज हो।’