एसइइ उत्तीर्ण १५ विद्यार्थीलाई वीरता टाेलकाे सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एसइइ उत्तीर्ण १५ विद्यार्थीलाई वीरता टाेलकाे सम्मान

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०८२, शनिबार

    दमाैली, ३ साउन । व्यास नगरपालिका-४ स्थित वीरता टाेल विकास संस्थाले यस वर्षकाे एसइइ उत्तीर्ण विद्यार्थीलाई शनिबार सम्मान गरेकाे छ । टाेलभित्रका एसइइ उत्तीर्ण १५ विद्यार्थी र १२ कक्षामा सर्वाेत्कृष्ट गाैरव सापकाेटालाई एक कार्यक्रमका बीच सम्मान गरिएकाे हाे ।

    भूमि समस्या समाधान आयाेगका विज्ञ सदस्य श्रीराम कार्की, एमाले नेतृ बसुन्धरा घर्ती, टाेल विकास संस्थाका अध्यक्ष सराेज बस्नेत लगायतले उनीहरुलाई बधाइ दिँदै थप प्रगतिकाे शुभकामना व्यक्त गरेका थिए ।