रोटरी काठमाण्डौ हेरिटेजद्धारा वृक्षारोपण तथा बाग्मती सरसफाई कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रोटरी काठमाण्डौ हेरिटेजद्धारा वृक्षारोपण तथा बाग्मती सरसफाई कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८२, आईतवार

    काठमाडौ, ४ साउन । रोटरी काठमाण्डौ हेरिटेजले बृक्षारोपन तथा बाग्मती सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौंको गुह्ेश्वरी स्थित बाग्मती नदिको किनार वरपर क्लबले अधिकार सम्पन्न बाग्मती आयोजनाका अभियान्ताहरुको सहयोगमा बिभिन्न प्रजातिका १५० बिरुवाहरु रोपिनुको साथै बाग्मती सरसफाई पनि गरेको हो ।

    रोटरी क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का बातावरण समितिका प्रमुख ध्रुव आचार्य, अधिकार सम्पन्न बाग्मती आयोजनाका पूूर्वप्रमुख उद्धव तिमिल्सिना र हालका पदाधिकारी प्रकाश अर्यालको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बाग्मती आयोजनाका अभियान्ताहरु, बाल सारथी एकेडेमीका बिद्यार्थीहरु, स्थानियहरु, क्लबका सदस्यहरु तथ उनिहरुका परिवारका सदस्यहरु गरी करिब ५० जनाको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिब चिजन पौडेलले र कार्यक्रको संयोजन क्लबका पब्लिक ईमेज चेयर डा. माला खरेलले गरेका थिअ भने बाग्मती अभियानका थानेश्वर भट्टले बिरुवाहरु उपलब्ध गराउनको लागि सहयोग गरेका थिए ।

    कार्यक्रममा बाग्मती सफाई अभियानका अभियानकर्ताहरुले रोपिएका बिरुवाहरुको गोडमेल तथा संरक्षण गर्ने जिम्मेवारी लिने प्रतिवद्धता जाहेर गर्नुभएको थियो भने क्लबका प्रेसिडेन्ट नोमिनी पुण्य प्रसाद न्यौपानेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    अहिले बिश्वमा बढ्दो तापक्रमले नकरात्मक असर गरिरहेको र बातावरण संरक्षणलाई बिभिन्न देशहरुले प्राथमिकता दिंदै आएको सन्दर्भमा नेपालले पनि यसलाई प्राथमिकता दिएर बिश्वमा नै उदाहरणीय देश बन्न सक्ने अवसर रहेको र वातावरण संरक्षका यस्ता कार्यक्रमहरुले देशको पर्यटन लगायत अन्य बिभिन्न आर्थिक क्षेत्रलाई समेत सकरात्मक प्रभाव पारेर देशको दिगो आर्थिक बिकासमा समेत मद्धत गर्ने क्लबले बिश्वास गरेको छ ।

    रोटरी क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२९२ ले समेत यसबर्ष ५० हजार बृक्षारोपन गर्ने लक्ष्य लिएकोले क्लबले यो कार्यक्रम आयोजना गरेको र भविष्यमा पनि यस्ता बिभिन्न कार्यक्रम आयोजना गर्ने क्लबले जनाएको छ ।