मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८२, आईतवार

    चितवन, ४ साउन । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोलामा गुडिरहेको कारमाथि ढुंगा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तुईन खोलापुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका हुन् ।

    सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेतो रंगको कारमा ढुंगो खसेको हो । कारमा सवार पाँच जनामध्ये पछाडि बसेका कार चालक भारतको आग्रह बस्ने ४२ वर्षीया रतेन्द्र यादव, ३३ वर्षीया हर्मोन यादव र ३५ वर्षीया हितेन्द्र यादव घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुलाई उपचारको लागि इच्छाकामना-५ मुग्लिनको जनता कियर हस्पिटल पठाइएको छ ।