काठमाडौ, ५ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेका छन् । पार्टीको सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने, ‘अहिले विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेको छ, सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु ठिक र राम्रो होइन ।’
नवौं केन्द्रीय कमिटी बैठकमा गण्डकीका केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरु राजिव पहारी,,पदम गिरी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका छन् ।
केन्द्रीय सदस्य राजिव पहारीले एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आव्हान गरे । पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनुपर्ने बताए ।