अपाङ्गता नविनालाई घरमै पुगेर नागरिकता प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपाङ्गता नविनालाई घरमै पुगेर नागरिकता प्रदान

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८२, सोमबार

    दमौली, ५ साउन । म्याग्दे गाउँपालिका–१ गुणादी निवासी अपाङ्गता भएकी नविना खनाललाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ । जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नविनालाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

    नविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरि उनको औठाछाप घरमै लगाएर प्रजिअ अधिकारीले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, “नागरिकहरुलाई छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, उहाँ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौ ।”