बढी शुल्क लिएको भन्दै तनहुँ बार विरुद्ध उच्च अदालतमा रिट दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बढी शुल्क लिएको भन्दै तनहुँ बार विरुद्ध उच्च अदालतमा रिट दर्ता

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८२, मंगलवार

    दमौली, ६ साउन । लेखापढी व्यवसायीको परीक्षाको नाममा बढी शुल्क लिएको भन्दै तनहुँ जिल्ला बार एशोसिएसन विरुद्ध उच्च अदालत पोखरामा रिट दर्ता भएको छ ।

    तनहुँ जिल्ला बार एशोसिएसन र अध्यक्षविरुद्ध कानुनका विद्यार्थी अखिल खरेल, सेख अटिलाह, राजन गोसाई सन्यासी, विप्लव पौडेल र समिर थापा मगरको समूहले पोखरा उच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

    बार एशोसिएसनले लेखपाढी प्रमाणपत्र जारी गर्दा अत्यधिक शुल्क लिएको निवेदनकर्ताको आरोप छ । सङ्घले जारी गरेको आधिकारिक सूचना अनुसार प्रमाणपत्रको लागि तोकेको शुल्क रु १०० रहेको छ । तर, एसोसिएसनले रु ५०० लिएको जुन मनोमानी, गैरकानुनी रहेको दावी गरिएको छ ।

    तनहुँ जिल्ला बार एशोसिएसन र अध्यक्षलाई आधिकारिक शुल्क संरचनाको पालना गर्न र आवेदकबाट लिइएको रकम फिर्ता गर्न बाध्य पार्न उच्च अदालतबाट आदेश माग गरिएको छ।