स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र- कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र- कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८२, बुधबार

    काठमाडौं, ७ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् । उनले पत्रमा प्रयोग गरेको भाषा शैली भने मर्यादित छैन ।

    अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला । धन्यवाद ।’

    पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालयलाई पनि पठाइएको छ ।