दमौली, ७ साउन । व्यास नगरपालिका-३ स्थित तरकारी लाइनमा प्लाष्टिक अनुगमनका लागि पुगेको नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि व्यापारीले तथानाम गाली गरेका छन् ।
प्लाष्टिक झोला निषेध गरिएको नगरपालिकाभित्र अनुगमनका लागि पुगेका टोलीलाई बुधबार तरकारी लाइनका व्यापारीले तथानाम गाली गरेका हुन् ।
वातावरण समितिका संयोजक रनसिंह नेपालीमाथि व्यापारी जाइलागेका छन् । उनले पसलभित्र जबरजस्ती छिर्न खोजेको आरोप लगाएका छन् ।