दमौली, ८ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने गृहजिल्ला तनहुँ आउने भएकी छन् । मन्त्री भएपछि पहिलो पटक उनी तनहुँ आउन लागेकी हुन् । गृहजिल्लामा उनले विभिन्न कार्यक्रममी सहभागिता जनाउनेछिन् ।
साउन ९ गते शुक्रबार न्यौपाने ऑबुखैरेनी, देवघाट र बन्दीपुरको कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।
साउन १० गते शनिबार भानु नगरपालिका, नेकपा एमाले जिल्ला कमिटीको कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने न्यौपानेले साउन ११ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा कार्यालय प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।