प्लाष्टिक झोला अनुगमनमा तथानाम गाली गर्ने सञ्चालक नियन्त्रणमा, पसल बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्लाष्टिक झोला अनुगमनमा तथानाम गाली गर्ने सञ्चालक नियन्त्रणमा, पसल बन्द

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८२, बिहीबार

    दमौली, ८ साउन । व्यास नगरपालिका-३ स्थित तरकारी लाइनमा प्लाष्टिक झोला अनुगमनमा पुगेका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि बुधबार तथानाम गाली गर्ने व्यापारीलाई नियन्त्रणमा लिइएको छ । नगर प्रहरीले बिहीबार बिहान पिन्टु (काले) किराना पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

    यस्तै उक्त पसल बन्द गराइएको छ । जनप्रतिनिधि र कर्मचारीलाई तथानाम गाली गर्दा समेत नगर प्रहरी मुखदर्शक भएको भन्दै आलोचना भएको थियो ।

    प्लाष्टिक झोला निषेध गरिएको नगरपालिकाभित्र अनुगमनका लागि पुगेका टोलीलाई बुधबार तरकारी लाइनका व्यापारीले तथानाम गाली गरेका थिए ।

    वन तथा वातावरण समितिका संयोजक रनसिंह नेपालीलाई अनुगमनका क्रममा तथानाम भन्दै गालीगलौच गरिएको थियो । अनुगमनका क्रममा पसलभित्र जबरजस्ती छिरेको व्यापारीको आरोप छ ।