बहादुरसिंहलाई दलको नेताबाट हटाउन कांग्रेसका २१ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बहादुरसिंहलाई दलको नेताबाट हटाउन कांग्रेसका २१ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८२, शुक्रबार

    चितवन, ९ साउन । आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    लामालाई हटाएर कांग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन चाहेका छन् । बानियाँ बागमतीका सभापति पनि हुन् । बानियाँले २१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाल प्रेसलाई बताए । बागमतीमा ३७ जना संसद प्रदेश सरकारमा सहभागी छन् ।

    बागमती प्रदेशको मुख्यमन्त्री लामालाई हटाउन हटाउन अविश्वासको प्रस्ताव ड्राफ्ट गरेर बागमती प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका चार मन्त्रीले केहीबेरअघि राजीनामा दिएका थिए ।

    लामालाई हटाउन उनीहरूले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन ड्राफ्ट तयार पारी ह्वाट्सएपमार्फत राजीनामा दिएका थिए ।

    मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट थिए । २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बागमतीमा कांग्रेस र एमालेका गठबन्धन सरकार छ ।