


दमौली, १० साउन । शुक्लागण्डकी नगरपालिका–३ स्थित कवासेटार खानेपानी मुहान क्षेत्रमा लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौंडा सिटीको संयुक्त आयोजनामा शनिबार बृहत वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ।
त्यसक्रममा अमला, बेल, आप, कटहर, अनार, सितलचिनी, गुलमोहर, हुलुवाबेद,जागरण्ड, चिकू, चेरी, रुद्राक्ष, लिची, जामुन लगायतका विभिन्न फलफुल तथा बहुउपयोगी बिरुवाहरू रोपिएको छ।
सोही अवसरमा दुई वर्ष आगाडी रोपियको बिरुवा गोडमेल गरिएको छ | कुल १५ प्रकारका ५० वटा बिरुवाहरू रोपिएकाले खानेपानी मुहानको संरक्षणसँगै वातावरणीय सन्तुलन र जैविक विविधताको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।