मदन भण्डारी फाउण्डेशनद्वारा मदन पार्कमा वृक्षारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मदन भण्डारी फाउण्डेशनद्वारा मदन पार्कमा वृक्षारोपण

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८२, शनिबार

    दमौली, १० साउन । मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेश कमिटीले तनहुँको शुक्लागण्डकी–२ कोत्रेमा शनिवार वृक्षारोपण गरेको छ । एक्लेखेतमा रहेको मदन पार्कमा १८ वटा गुलमोहरको विरुवा सारिएको हो ।

    कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ । यस फूललाई स्वर्गको फूल पनि भन्ने गरिन्छ । यसको काँडा मात्र होइन बास्ना पनि हुँदैन । १२ वर्ष आयु रहेको यो फूलमा गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुन्छ ।

    वृक्षारोपण कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य टुकराज सिग्देलले मदन भण्डारीको योगदानको चर्चा गर्दै उनकै आदर्श र सिद्धान्तको बलमा नेपालमा कम्युनिस्ट शक्ति फस्टाएको उल्लेख गरे । खाली रहेका जमिनमा वृक्षारोपण गरि हरियाली बनाउनुपर्नेमा सिग्देलले जोड दिए । उनले फाण्डेसनले वृक्षरोपणसँग गोडमेल गरि हुर्काउनुपर्ने उल्लेख गरे ।

    फाउण्डेसनका सचिव मनकुमार श्रेष्ठले अहिले रोपिएको विरुवालाई आवश्यक खाल्टो, माटो, मल र पानीसहितको व्यवस्थाले केहि वर्षमा पार्कमा हरियाली हुने विश्वास व्यक्त गरे ।

    मदन पार्कका अध्यक्ष धन प्रकाश तिमिल्सेनाले जग्गा संरक्षण गरि राखेपनि व्यवस्थित बनाउन बजेट पाउन नसकिएको गुनासो गरे । मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।