


चितवन, ११ साउन । नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन (साउन १६) का लागि निकालेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसैलाई लिएर आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी.लाइनमा बढेको अत्यधिक सोडको कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको प्राधिकरणले उल्लेख गरेको छ।
चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माणपछि यो समस्या दीर्घकालीन रुपमा समाधान हुने प्राधिकरणले जनाएको हो।