कुवेतमा पीडित तनहुँकी संगीता थापाको सफल उद्धार, काठमाडौं आइपुगिन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कुवेतमा पीडित तनहुँकी संगीता थापाको सफल उद्धार, काठमाडौं आइपुगिन्

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८२, मंगलवार

    काठमाडौ, १३ साउन । कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत रहँदै शारीरिक र मानसिक यातनामा परेकी तनहुँकी संगीता थापाको अन्ततः उद्धार भएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा कुवेतस्थित नेपाली राजदूतावासले उनलाई सुरक्षित रूपमा उद्धार गरी आज सोमबार काठमाडौं ल्याइएको हो।

    उद्धारको पहल सामाजिक अभियन्ता दीपक राज जोशीबाट सुरु भएको थियो। जोशीले थापाको पीडा उजागर गर्दै नेपाल सरकारसमक्ष औपचारिक अपील पत्र दर्ता गराएका थिए। सो पत्र परराष्ट्र मन्त्रालयमा पुगेसँगै, मन्त्रालयले तत्काल आवश्यक समन्वय गरी नेपाली दूतावास कुवेतमार्फत उद्धार प्रक्रिया अघि बढाएको थियो।

    थापाको सकुशल फर्किनुले हजारौँ प्रवासी नेपाली महिलाको सुरक्षाको सवालमा गम्भीर ध्यानाकर्षण गराएको छ। यो घटनाले सरकारले समयमै हस्तक्षेप गरेमा संकटमा परेका नागरिकलाई जोगाउन सकिने उदाहरण पनि प्रस्तुत गरेको छ।