बहादुरसिंह लामाले गुमाए संसदीय दल नेताको हैसियत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बहादुरसिंह लामाले गुमाए संसदीय दल नेताको हैसियत

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८२, मंगलवार

    हेटौंडा, १३ साउन । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्।

    संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ ।

    दलको नयाँ नेताका लागि प्रस्ताव गरिएका इन्द्रबहादुर बानियाँको पक्षमा २२ मत परेको पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको छ।