


दमाैली, १५ साउन । सरकारले नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ ।
साउन १२ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे सिफारिसमा भट्टराईलाई रजिष्टार पदमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्ले गरेकाे निर्णय बिहीबार सार्वजनिक गरेका छन् ।

