


दमाैली, २७ साउन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका–६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको शालिकको आज अनावरण गरेका छन् ।
सहिद कल्याण खनालको २३ औं स्मृति सभाको अवसर पारेर सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको शालिकको सभापति देउवाले अनावरण गरेका हुन् ।
नेपाली काङ्ग्रेसका तत्कालिन नेता स्वर्गीय खनालको विसं २०५९ साउन २७ गते तत्कालिन विद्रोही समूहले हत्या गरेका थिए । स्वर्गीय खनालको योगदानको सम्झनाका लागि यहाँ शालिक निर्माण गरिएको नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।