देवघाटमा बोलबम मेलामा डेढ लाख भक्तजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा बोलबम मेलामा डेढ लाख भक्तजन

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०८२, बुधबार

    दमौली, २८ साउन । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा साउन महिनाको सोमबार बोलबम मेलामा डेढलाख भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष साउनको चारवटा सोमबार एक लाख ५० हजार भक्तजनले बोलवम मेलामा स्नान गरेका छन् ।

    बोलबम मेला साउनको प्रत्येक सोमबार हुन्छ । यसअघिका वर्षमा पनि यत्ति नै सङ्ख्यामा भक्तजन आएका थिए । बोलबममा देवघाटको वेणीसङ्गम र शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागेको थियो । त्यसबाहेक साउनका अन्य बारमा पनि देवघाटमा दैनिक हजारौंको सङ्ख्यामा भक्तजन आउने छन् ।

    चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आएका थिए । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले बताए ।

    साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । देवघाट क्षेत्र विकास समितिले यसवर्ष बोलबम मेलामा आउने भक्तजनको तथ्याङ्क राखेको थियो ।

    साउनमा त्रिशुली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको थियो ।