जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा सतर्कता अपनाउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा सतर्कता अपनाउन आग्रह

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८२, शुक्रबार

    दमौली, ३० साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

    हाल देशभर मनसुनी वायुको प्रभावको कारण मध्यम देखि भारी वर्षा भइरहेको र आगामी दिनमा समेत वर्षाको सम्भावना रहेको देखिएको र तनहुँ जिल्लामा समेत कालीगण्डकी, मर्स्याङदी, मादी, सेती लगायतका नदी तथा नदि तटिय क्षेत्रहरुमा पौडी खेल्ने, माछा मार्ने तथा दाउरा संकलन गर्न जाने जस्ता कार्यहरु नगर्नुहुन तथा आफ्ना बालबालिकाहरुलाई समेत उक्त कार्य गर्न नदी तटीय क्षेत्रमा जान नदिन विशेष ध्यान पुर्याउनुहुन आग्रह गरिएको छ ।