मस्र्याङ्दी नदीमा मृत फेला परेकाको सनाखत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मस्र्याङ्दी नदीमा मृत फेला परेकाको सनाखत

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८२, शनिबार

    दमाैली, ७ भदाै । तनहुँकाे आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मस्र्याङ्दी नदीमा शनिबार मृत अवस्थामा भेटिएका व्यक्तिको सनाखत भएको छ ।

    मृत अवस्थामा भेटिएका व्यक्ति चितवनको कालिका नगरपालिका–१० छेरबाङ घर भएका १९ वर्षीय उत्तरकुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । निज लमजुङको दोर्दी गाउँपालिका–३ मा सञ्चालित उत्तरदेवी कृषि फर्ममा २५ दिन अगाडीदेखि काम गर्दै आएका थिए ।

    दोर्दी खोलामा पौडी खेल्ने क्रममा गत भदौ २ गतेदेखि बेपत्ता भएका निजको शव आज मस्र्याङ्दी नदीमा भेटिएको थियो । मृत अवस्थामा भेटिएका व्यक्तिको शवको निजका दाजु चन्द्रकुमार प्रजाले प्रदेश अस्पताल दमौलीमा आइ सनाखत गरेको प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।