


दमौली, ७ भदौ । नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा पत्रकारितामा महिलाहरुको अवसर र चुनौती विषयक अन्तरक्रिया एवं तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
हरितालिका तीजको अवसर पारेर महासंघ तनहुँले शुक्रबार कार्यक्रम गरेको हो ।
महासंघ तनहुँका उपाध्यक्ष सम्झना रसाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, शाखाका निवर्तमान उपाध्यक्ष एवं प्रेस सेन्टर तनहुँका अध्यक्ष अस्मिता खनाल, फोनिजका केन्द्रीय सचिव मिला दरै लगायतले पत्रकारितामा महिलाका चुनौतीका विषयमा धारणा राखेका थिए ।

महासंघ कार्यसमिति सदस्य मुना कालिराज विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सुनिता आचार्यले गरेकी थिइन् ।
कार्यक्रममा शाखाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, पदाधिकारी एवं सदस्य र विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।