तनहुँकी रेविका मिस वर्ल्ड टुरिजम २०२५ मा सहभागी हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकी रेविका मिस वर्ल्ड टुरिजम २०२५ मा सहभागी हुने

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८२, शनिबार

    दमौली, ७ भदौ । तनहुँको घिरिङ गाउँपालिका-३ जन्मघर भएकी रेविका थापा मगर मिस वर्ल्ड टुरिजम २०२५ मा नेपालको तर्फबाट मिस साउथ एसियाका रुपमा सहभागी हुने भएकी छिन् ।

    आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२५ मा मिस ग्राण्ड गण्डकीको उपाधि जितेसँगै रेविकाले मिस वल्ड टुरिजम २०२५ मा मिस साउथ एसियाका रुपमा आफ्नो सहभागिता पक्का गरेकी हुन् ।

    मिस वर्ल्ड टुरिजम २०२५ इन्डोनेसियाको बाली शहरमा आगामी अगष्ट २५ देखि २९ सम्म सञ्चालन हुँदैछ ।सो प्रतियोगितामा सहभागिताका लागि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमूखीकीकरण र प्रशिक्षण फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् ।