दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८२, आईतवार

    दमौली, ८ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडाँैमा आइतबार बिहान निधन भएको हो ।

    पृथ्वीराजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।

    बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग९प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग३च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो । घाइते खत्रीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । —