एमबाप्पेको दुई गोलमा रियल मड्रिडको लगातार दोस्रो जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एमबाप्पेको दुई गोलमा रियल मड्रिडको लगातार दोस्रो जित

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८२, सोमबार

    काठमाडौं, ९ भदौ । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस ला लिगामा रियल मड्रिडले रियल ओभिएडोलाई ३-० ले पराजित गरेको छ । लिगमा रियलको यो लगातार दोस्रो जित हो ।

    ओऐिएडोको मैदानमा भएको खेलमा एमबाप्पेले ३७औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एमबाप्पेले नै ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारे ।

    अघिल्लो खेलमा ओसासुना विरुद्ध निर्णायक गोल गरेका एमबाप्पेले दुई खेलमा तीन गोल गरिसकेका छन् ।

    भिनिसियस जुनियरले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।