डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८२, बिहीबार

    डडेलधुरा, १२ भदौ । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

    ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए । 

    उनका अनुसार जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको हो  । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।