


दमौली, १२ भदौ । न्यु भिजन युथ क्लवका अध्यक्ष सन्तोष श्रेष्ठले सबैको सहयोगबाट १३ औ खुल्ला तीज गीत एवं नृत्य कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न देश तथा विदेशबाट सहयाेग गरेकाेप्रति धन्यवाद ज्ञापन गरेका हुन् ।
कार्यक्रम आयाेजनाका क्रममा केही कमजाेरीप्रति क्षमायाचना गर्दै सल्लाह सुझाव ग्रहण गरी कमजाेरी सुधार गरिने उनले बताएका छन् ।
क्लवले विगत १३ वर्षदेखि जामुनेमा खुल्ला तीज गीत एवं नृत्य प्रतियाेगिता गर्दै आइरहेकाे छ ।