नेपाल जेसीज क्षेत्र (ख) सम्मेलनकाे तयारी अन्तिम चरणमा, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल जेसीज क्षेत्र (ख) सम्मेलनकाे तयारी अन्तिम चरणमा, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८२, बिहीबार

    दमाैली, १२ भदाै । तनहुँको सदरमुकाम दमौलीमा भदौ १४ र १५ गते हुने नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेकाे छ । जेसीआई व्यास नगरको आतिथ्यतामा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन गर्न लागिएको हो । सम्मेलनकाे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन् ।

    १५ वर्षको लामो अन्तराल पछि जेसीआई व्यासनगरले विगतको अनुभव र सिकाईलाई थप परिस्कृत र परिमार्जन गर्दै सन् २०२५ मा नेपाल जेसीजको एक उत्कृष्ट क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त गरेको सम्मेलनका निर्देशक सुरेश पुरीले जानकारी दिए।

    जिल्लाको पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रहरुको परिचय तथा प्रबद्र्धन एवं आन्तरिक एवं बाह्य पर्यटनलाई दिर्घकालिन रुपमा भित्र्याउने प्रमुख उद्धेश्य सहित सम्मेलन आयोजना गरिएको उनले बताए ।

    सम्मेलनमा नेपाल जेसीजका नियमित वैधानिक दायित्वका विषयहरुमा छलफल तथा निर्णयहरु हुने, तनहुँ जिल्लाको धार्मिक ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक सम्पदाहरुको परिचय तथा प्रवद्धन गर्ने गरी अधिकतम पर्यटकहरुलाई भित्राउने वातावरण तयार हुने, विभिन्न स्थानवाट भूगोल र समुदायका युवाहरुसंग संस्कृती, परम्परा, अनुभव आदान प्रदान गर्ने तथा क्षमता अभिवृद्धिका अवसरहरु उपलब्ध हुने अपेक्षा गरिएको छ ।

    सम्मेलनमा नेपाल जेसीज क्षेत्र ख अन्तर्गतका ४२ शाखाका प्रतिनिधिहरु, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी तथा मनोनित पदाधिकारीहरु, नेपाल जेसीजका क्षेत्र क, ग र घ का शाखाहरुका पदाधिकारीहरु, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा पदाधिकारी, जुनियर जेसीज अन्तर्गत देशभरका शाखाका पदाधिकारीको सहभागिता रहनेछ ।

    उक्त सम्मेलनमा विभिन्न शाखाका पदाधिकारी, सदस्यहरु, राष्ट्रिय पदाधिकारी तथा पर्यवेक्षक, अतिथी गरी आठ सय जनाको सहभागिता रहने सम्मेलनका सचिव माधव न्यौपानेले जानकारी दिए ।