दुर्घटना न्यूनीकरणमा सचेतना जगाउन भिडिओ सन्देश सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुर्घटना न्यूनीकरणमा सचेतना जगाउन भिडिओ सन्देश सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८२, शुक्रबार

    दमौली, १३ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत दमौलीको मुख्यचोकमा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने उद्धेश्य सहित भिडिओ सन्देश सार्वजनिक गरिएको छ ।

    सामाजिक अभियान्ता सुदीप गफ्फारको कल्पना, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ र रामज्योति बोर्डिङ स्कूलको सहयोगमा भिडिओ निर्माण गरी सार्वजनिक गरिएको हो ।

    भिडिओमा मुख्यचोकमा जथाभावी बाटो नकाट्न र जेब्रा क्रसबाट मात्रै बाटो काट्न सन्देश दिइएको छ ।

    मुख्यचोक पैदलयात्रीका लागि असुरक्षित बनेपछि सचेतना जगाउन भिडिओ निर्माण गरिएको सामाजिक अभियान्ता गफ्फारले बताए । उनले भने, ‘जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम हुने भएकाले सबैलाई सचेत गराउने प्रयास गरिएको छ ।

    भिडिओमा रामज्योति बोर्डिङ स्कूलका विद्यार्थीहरुले अभिनय गरेका छन् । भिडिओको छायाङ्कन विमल फोटोग्राफीका विमल श्रेष्ठले गरेका हुन् ।