नेपाल जेसीज सम्मेलन : दमौलीमा शान्ति पदयात्रा निकालियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल जेसीज सम्मेलन : दमौलीमा शान्ति पदयात्रा निकालियो

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८२, आईतवार

    दमाैली, १५ भदाै । नेपाल जेसीजको आयोजना र व्यास नगर जेसीजको आतिथ्यतामा तनहुँ सदरमुकाम दमौलीमा जारी नेपाल जेसीज क्षेत्र (ख) सम्मेलनका क्रममा आइतबार बिहान शान्ति पदयात्रा निकालिएको छ । विश्वभर शान्तिको कामना गर्दै दमौली बजारमा शान्ति पदयात्रा निकालिएको हो ।

    शान्ति पदयात्रामा दमौली बजारमा रहेका विभिन्न जातजाति, सङ्घसंस्था, जेसज क्षेत्र (ख) अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीको सहभागिता रहेको सम्मेलनका निर्देशक सुरेश पुरीले जानकारी दिए ।

    शनिबारदेखि सुरु सम्मेलनमा नेपाल जेसीजका नियमित वैधानिक दायित्वका विषयहरुमा छलफल तथा निर्णयहरु, तनहुँ जिल्लाको धार्मिक ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक सम्पदाहरुको परिचय तथा प्रवद्धन गर्ने, विभिन्न स्थानबाट भूगोल र समुदायका युवाहरुसँग संस्कृती, परम्परा, अनुभव आदान प्रदान गर्ने तथा क्षमता अभिवृद्धिका अवसरहरु उपलब्ध हुने अपेक्षा गरिएको छ ।

    १५ वर्षको लामो अन्तराल पछि जेसीआई व्यासनगरले विगतको अनुभव र सिकाईलाई थप परिस्कृत र परिमार्जन गर्दै सन् २०२५ मा नेपाल जेसीजको एक उत्कृष्ट क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त गरेको जनाइएकाे छ ।

    सम्मेलनले जिल्लाको पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रहरुको परिचय तथा प्रबद्र्धन एवं आन्तरिक एवं बाह्य पर्यटनलाई दिर्घकालिन रुपमा भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।