ओलीसँगको भेटपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओलीसँगको भेटपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८२, आईतवार

    काठमाडौं, १५ भदौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको हो ।

    उनीहरूबीच सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो ।

    भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।

    ‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।’