


कास्की, १७ भदाै । पोखरा महानगरपालिका-६ शान्तिपाटनस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ८ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।