आदिकविकाे साधारणसभामा पत्रकार आचार्य सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकविकाे साधारणसभामा पत्रकार आचार्य सम्मानित

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८२, बुधबार

    दमाैली, १८ भदाै । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनको अवसरमा पत्रकार ओमकार आचार्य सम्मानित भएका छन् । बुधबार आयाेजित कार्यक्रममा सांसद एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आचार्यलाई सम्मान गरेका हुन् ।

    सूचना तथा सञ्चारको माध्यमबाट क्याम्पसको सेवा र छविलाई समुदायमा सम्प्रेषण गर्न योगदान पुर्याएको भन्दै आचार्यलाई सम्मान गरिएकाे हाे । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष आचार्य मादीसेती प्रवाह दैनिकका सम्पादक एवं मादीसेती एफएमका स्टेशन म्यानेजर हुन् ।

    सम्मानपश्चात् आचार्यले सत्य, तथ्य र निष्पक्षताको पक्षमा गरिएको कलमलाई संस्थाले सम्मान गरेर पत्रकारिता पेशाप्रति अझै आस्था र जिम्मेवार बन्न प्रेरित गरेकाे बताएका छन् ।