


दमौली, १९ भदौ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको साधारणसभा ३९ औ साधारणसभाको बैठक गणपुरक सङ्ख्या नपुगेर स्थगित भएको छ ।
बुधबारदेखि सुरु क्याम्पसको साधारणसभा अन्तर्गत बन्दसत्रको बैठक गणपुरक सङ्ख्या नपुगेर स्थगित भएको हो ।
उक्त सभाको बैठक बिहीबारका लागि आव्हान गरिएको छ ।
क्याम्पसको साधारणसभाले सञ्चालक समितिको नयॉ नेतृत्व चयन गर्नेछ ।