


दमाैली, १९ भदाै । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष उम्मेदवार चुडामणि दाहालले आफ्नाे उम्मेदवारीमा शङ्का नगर्न आग्रह गरेका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत् दाहालले भनेका छन्, ‘ म भ्रस्टाचार रहित समाज र संस्थाको स्थापना र बेतिथी विसङ्गतिको विराेधमा उभिने व्यक्ति हु। तानाशाही प्रवृत्ति र आस्थाको आधारमा गरिने व्यवहारकाे विराेधी हूँ । श्रमको मुल्य बुझ्ने र समयको महत्त्व बुझ्ने मानिस हूँ ।कसैलाई मानमर्दन गरेर ठूलो मान्छे हुन सकिन्न भन्ने बुझेको छु।’
दाहालले राजनीतिमा ईमान र विश्वास हुनुपर्ने भन्दै भानुभक्त क्याम्पसमा हुने अध्यक्ष पदमा उम्मेदवारी रहिरहने बताएका छन् ।