


दमाैली, २० भदाै । तनहुँ कारागारमा एक बन्दीले आत्महत्याको प्रयास गरेका छन् । गत साउन ३ गते लमजुङ कारागारबाट स्थानान्तरण गरी तनहुँ ल्याइएका एक पुरुष बन्दीले आज बिहान झुण्डिएर आत्महत्याको प्रयास गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हाडनाताभित्रका जबरजस्ती करणी मुद्धामा कसुरदार ठहरिएर कारागारमा रहेका उनले शौचालयभित्र झुण्डिएर आत्महत्याको प्रयास गरेको जानकारी दिए । उनले भने, “बिहान शौचालयभित्र झुण्डिएर आत्महत्याको प्रयास गर्दा देखेपछि उद्धार गरी प्रदेश अस्पताल दमौली लगिएको छ । उनको उपचार भइरहेको छ ।” निजलाई बुधबारमात्रै परिवारका सदस्यहरुले कारागारमा आएर भेटघाट गरेका थिए ।