


दमौली, २० भदौ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्षका उम्मेदवार राजु दाहालले उम्मेदवारी फिर्ता गरेका छन् । शुक्रबार बिहान दाहालले उम्मेदवारी फिर्ता गरेका हुन् ।
अध्यक्षका लागि कमलामोहन वाग्ले, चुडामणि दाहाल र केशबहादुर सुनारबीच प्रतिस्पर्धा हुँदैछ ।
बिहान १०:३० बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।